अज्ञातको अराजकता

नेपाली डायोस्पोराको सन्दर्भमा – हाङयुग अज्ञात
————————————————————————————

नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ । नेपालका विद्वानहरू मुलुकबाहिर रोजगारीका निम्ति गएका नेपालीहरूलाई डायोस्पोराको कन्धनी बाँध्नमा व्यस्त छन् भने रोजगारीका निम्ति प्रवासमा हाम्फाल्ने केही विद्वानहरू समेत आफूलाई आप्रवासीका रूपमा चिनाउन मरिहत्ते गरिरहेका छन् । अझ साहित्यमा यो डायोस्पोरा या आप्रवासी शब्दले बढी आतङ्क मच्चाइरहेको छ । (more…)