परिहासको सूत्र-मंगल-धुन प्रकाशित

युवा गजलकार परिहास सुब्बाको गजल कृति सूत्र-मंगल-धुन प्रकाशित भएको छ । कुम्मायक कुस्सायक क्लब यासोक पाँचथरको प्रकाशन रहेको उक्त पुस्तकको ब्यावस्थापकमा दिला मुक्साम याक्थङबा र देबेन्द्र लाओती रहेका छन। कृतिमा जम्मा ६५ वटा गजलहरु समाबेश गरिएका छन । पुस्तकमा नेपाल गजल मञ्च २०५८ का राष्ट्रिय सचिव धिरज गिरी कल्पित को भूमिका रहेको छ भने कवि मञ्जुलको शुभकामना का साथै ससक्त युवा कवि स्व स्वप्निल स्मृतिका केहि शब्दहरु रहेका छन ।
देश बाहिर बस्दै आएका गजलकार परिहासले पुस्तकको विमोचन समय अभावका कारण धुमधाम संग गर्न नपाए पनि नोभम्वर २१ क्ा दिन सिङला होटल ललितपुरमा एक साहित्यिक भेटघाटको आयोजना गरेका थिए । उक्त कार्यक्रममा लेखक अमर नेम्वाङ, कवि नरेश शाक्य , राजन मुकारुङग, उपेन्द्र सुब्बा ,धिरज गिरी, सनमान चेम्जोङ,प्रकाश विमिल, भद्रगोल किराती एवं अन्य धेरै साहित्यकार एवं साहित्यप्रमीहरुको उपस्थिती रहेको थियो।