गजल
                  -राकेश कार्की, लस् एन्जेलस्

नेताज्यूको कस्तो ढाट्ने बानी
सत्तामा पुग्न जेपनि आट्ने बानी

यो गर्छु र उ गर्छु भन्दै उफ्रदैं
मिठा मिठा भाषण छाट्ने बानी

चन्दा आतंक बन्द जताततै
मानेनकी घ्रि्रो काट्ने बानी

जनताको पसिना रगतको मूल्य
खोक्रो सिद्धान्तसँग साट्ने बानी

खोसी खानु भन्दा सजिलो भेटेपछी
पार्टीलाई मंत्रालयले बाट्ने बानी पार्टीलाई

नमच्चिने विकासमा सय बजेट थप्दै
हातमा लागेको पनि चाट्ने बानी

देशको हितमा एक ढिक्का हुनुपर्नेमा
आफ्नो मात्र डम्फू बजाई फाट्ने बानी ।