गजल

 

                                -हरि नेपाली बिवश
मेची देखि काली सबै मित बनाउ है साथी
डाँफे मुनाल सँगै नाच्ने गीत बनाउ है साथी

सबै आगो भयौ भने देश पुरै जल्न सक्छ
त्यही आगो निभाउने शीत बनाउ है साथी

होस्टेमा हैसे गरे जटिलता नि दुर जान्छ
कहिल्यै पनि नछुट्टीने रित बनाउ है साथी

जीतमा एउटा हाँसे पनि हार्नेले त रुनु पर्छ
सबैलाई खुसी पुग्ने जीत बनाउ है साथी

एउटै बागका फुल हौ नि जो जहाँको भएपनि
सम्पुर्णता मा खुल्न मिल्ने प्रीत बनाउ है साथी
                                    -ज्याम्रुङ्ग-८, धादिङ्ग