बहर तथा लयमा गजललेखन
- घनेन्द्र ओझा
ghanuojha@yahoo.com

(साथीहरू सबैलाई नमस्कार ! साथीहरूले गजलको विषयमा अस्पस्ट भएका केही कुराहरू प्रस्ट पार्न र विभिन्न ठाउँमा छरिएर रहेका गजलस्रष्टाहरूसँग साहित्यिक सम्बन्ध स्थापित गर्न सजिलो माध्यमको रूपमार् इमेलमार्फ् रचना र भावना आदान-प्रदान गर्ने काम जुन गरिरहनुभएको छ, यो ज्यादै प्रशंसनीय छ । म यसको लागि सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।

हरेक मानिसको बुझाइ र भोगाइ फरकफरक हुनु अनौठो होइन । तर कालो चीज देख्दा कालो र सेतो देख्दा सेतो भन्न चाहिँ सबैले पर्छ होला । साश्वत कुराहरूलाई तर्कले जित्न खोज्नु उचित हुँदैन । केही साथीहरूको गजलमा लय वा बहरमा गजललेखनसम्बन्धी धारणा पढ्दा म चकित भएँ । यसकारण यो सानो लेखमा गजलमा लय र बहरसम्बन्धी मैले बुझेका कुराहरू तपाईँहरूसमक्ष प्रस्तुत गरेको छु ।)

नेपाली गजल परम्पराको इतिहासले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरू, त्यसपछिका भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा रहृयो । बिक्रमाब्दको २०३० को दशकको अन्त्यतिरदेखि हालसम्मको इतिहास अनुसार ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुनर्जागृत हुने अवसर प्राप्त गर्यो ।

नेपाली गजललेखनको सुरुआतताका उर्दू, फारसीमा प्रचलित बहरहरूमा गजल लेखिएको पाइन्छ । तर पुनर्जागरणपछिका दिनहरूमा भने शास्त्रीय बहरलाई भन्दा स्वनिर्मित -आक्षरिक वा उच्चार्य वर्ण्र्ाा आधारित मात्रा) लाई आधार मानेर गजल लेख्न थालियो । पुनर्जागरणपछिका गजलकारहरू मनु ब्राजाकी, ललिजन रावल, बूँद राना, रवि प्राञ्जल, डा. घनश्याम ‘परिश्रमी’ इत्यादिलगायतले स्वनिर्मित लयलाई अँगालेर गजल लेख्न थाले । यसपछिका अन्य गजलस्रष्टाहरूले पनि उल्लिखित गजलकारकै सिको गर्न थाले । बहरमा गजल लेख्नु जो कसैका लागि चुनौती पनि हो । शास्त्रीय सूत्र र नियमको पालना गर्नु गाह्रो काम हो । भाषा, व्याकरणको राम्रो ज्ञान नभई शास्त्रीय बहरमा गजल लेख्न सकिँदैन, लेखिहाले पनि उत्कृष्ट गजल लेख्न मुस्किल हुन्छ । सायद यसैकारण पुनर्जागरणपछिका धेरै गजलकारहरूले बहरलाई त्यति महत्त्वपर्ूण्ा मान्दैनन् । तर हामी असल गजल लेखक वा गजल समीक्षकले मनन् गर्नुपर्ने कुरा के भने, कुनै पनि विधाको पर्याप्त ज्ञान हुनसकेन भने न त उत्कृष्ट सिर्जना नै जन्मन सक्छ न त सही समीक्षा नै हुनसक्छ । सायद यही कारण हुन सक्छ स्थापित समालोचकहरू पनि गजल समालोचनामा हात हाल्न हिच्किचाउँछन् । अझ बहरबद्ध गजलहरूको समालोचना गर्ने समालोचक त अत्यन्तै कम छन् ।
र्
वर्तमान समयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्षसयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरू प्रकाशन भइरहेका छन् भने पुराना र अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरूसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रूपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई ‘आयातीत विधा या कविता वा गीतको एउटा रूप’ भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो, जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यर्सथ यसलाई गेय विधाको रूपमा पनि चिनिन्छ । यो सर्न्दर्भ गजल बहरमा लेख्नु राम्रो हो भन्ने आशयले जोडिएको हो । बहर या छन्द आफैँमा लय हो । लययुक्त सिर्जना गेयात्मक हुने गर्छ ।

तर यसको अर्थ यो मात्र नलागोस् कि गजल बिशुद्ध बहरमा मात्र लेखिनर्ुपर्छ । बहर भनेको छन्द हो, छन्द भनेको लय हो । छन्दमा निश्चित सूत्र -ह्रस्व, दर्ीघ) को नियमलाई आधार मानेर लेखिन्छ, जुन आफैँमा सुललित र लयबद्ध हुन्छ । बहरका सूत्रहरूलाई नपछ्याई पनि लयबद्ध गजल लेख्न सकिन्छ तर यसको लागि निश्चित नियमको पालना भने अवश्य गर्नुपर्छ । यहाँ मुक्तछन्द -गैरबहर) मा गजल लेख्नको लागि आवश्यक केही नियमहरूको चर्चा गर्ने प्रयास गरिएको छ ।

लय गजलका लागि अत्यावश्यक तत्त्व मानिन्छ । गजल गेय विधा भएकोले यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानि“दैन । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहि“ गजल आवद्ध हुनर्ैपर्दछ । शास्त्रीय सङ्गीतस“ग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवासय वर्षवितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरूले । साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्त्वपर्ूण्ा पक्ष हो भन्न सकिन्छ ।

मूलतः गजल अरबी, फारसी, उर्दू, हिन्दी हु“दै नेपाली साहित्यमा प्रवेश गरेको हो । उर्दू, फारसीमा गजललेखनका लागि विभिन्न बहर -छन्द) हरू छन् । संस्कृतमा पिङ्गल छन्दजस्तै उर्दू फारसीमा पनि विभिन्न बहरहरू प्रचलनमा छन् । बहरहरू कति सङ्ख्यामा छन् भन्ने यकिन कसैले गर्न नसके तापनि करिब डेढ दर्जन बहर उर्दू फारसीमा प्रचलनमा रहेका भेटिन्छ । बहर भन्नु नै लयविधान हो । निश्चित सूत्रमा -संस्कृतमा गण, मात्रा भनेझै“ उर्दू फारसीमा रुक्न, अर्कान भनिन्छ) बा“धिएर, ह्रस्व, दर्ीघको नियमलाई होसियारीपर्ूवक पालना गरेर लेख्ने गरिन्छ बहरमा या छन्दमा गजल लेख्दा । उर्दू फारसीमा बहरमा गजललेखनले सुरुदेखि नै महत्त्व पाउ“दै आए तापनि नेपालीमा चाहि“ गजल प्रवेश गरेयता धेरै लामो समयसम्म पनि खासै प्रचलनमा रहेन । मोतीराम भट्टलगायतका सुरुआतकालका नेपाली गजलकारहरूले बहरमा गजललेखनलाई महत्त्व दिएता पनि त्यसपछिका गजलकार भने बहरलाई छाडेर स्वतन्त्र लय निर्माणतर्फअग्रसर रहे । साठीको दशकको आरम्भस“गै नेपाली गजलमा बहरको पनि पुनर्जागरण भयो । गजललेखनमा निकै ठूलो उत्साह र जोशका साथ होमिएका केही युवा स्रष्टाहरूको पहलमा अनामनगर, दाहालको दैलोबाट अनाममण्डलीको सुरुआत भएपछि संस्थागत रूपमै बहरबद्ध गजललेखनले नेपाली गजलमा प्रश्रय पाउन थाल्यो । आजसम्म आइपुग्दा अनाममण्डलीले नेपाली गजलसाहित्यमा लयको -विशेषगरी बहरको) खोजी गर्ने काममा उल्लेख्य सफलता प्राप्त गरेरै छाड्यो । गजलमा लय अनिवार्य तत्त्व हो र गजल गाइनर्ुपर्छ भन्ने मान्यताका साथ अघि बढेको अनाममण्डलीले गजललाई गायनमा ल्याउने प्रयासमा पनि तदारुकता देखाउनु थप उपलब्धिमूलक र प्रशंसनीय कार्य भएको सबैले स्वीकार्न बाध्य छन् ।

छन्द या बहरका बारेमा अहिले धेरै सामग्रीहरू प्रकाशित छन् । समालोचक एवम् कवि देवी नेपालले आफ्नो पुस्तक छन्द परागमा एकसय साठीवटा पिङ्गल छन्द -संस्कृत) का अतिरिक्त केही प्रचलित उर्दू बहरका रुक्न र अर्कानसहित सोदाहरण परिचय दिएका छन् । बहरमा मात्र लेखिएका गजलसङ्ग्रहहरू पनि नेपाली भाषामा आइसकेका छन् । घनेन्द्र ओझाद्वारा सिर्जित सिर्जित बहरबद्ध गजलहरूको सङ्ग्रह बल्झेर याद त्रि्रो -२०६२ फागुन) मा करिब दर्ुइ दर्जन प्रचलित/अप्रचलित शास्त्रीय छन्द तथा बहर र एक दर्जन नवीन छन्दहरू मञ्जरी, देवकी, कोकिला, नयनतारा, पीयूषधारा, विजेता, विभूति, बगीता, प्रमिला, बालिका, शान्ति, मैनाजस्ता प्रयोग गरिएको छ -बहरमाला, देवी नेपालको भूमिका) । यसैगरी सरोज काफ्लेको अधरामृत -२०६२ चैत्र) तथा ऋषि लामिछाने-गोर्खे साइ“लो) को मुस्कान-२०६२ चैत्र), खनाल मेघनाथ बन्धुको……………, जनक रसिकको युगीन सपना, सुरेश सुवेदीको अनुभूतिका डोबहरू, नारायण निरासीको एउटै मात्र बहर हजज मुसम्मन् सालिममा लेखिएको तुषारोमा फुलेका फूलहरू, पदम गौतमको घाम झुल्कनुअघिलगायतका बहरबद्ध गजलसङ्ग्रहहरू प्रकाशन भइसकेका छन् । यसरी बहरमा गजल लेख्ने र सङ्ग्रह प्रकाशन गर्ने क्रम अहिले बढ्दो रूपमा रहेको छ । यी सङ्ग्रहका अतिरिक्त मोतीराम भट्टसहित वर्तमान पुस्तासम्मका एकसय एक गजलकारहरूद्वारा लिखित बहरबद्ध गजलहरूको सङ्कलन बहरमाला पनि प्रकाशित भइसकेको छ । अनाममण्डलीको प्रयासमा प्रकाशन भएको यस पुस्तकले पनि नेपाली गजलको इतिहासमा एउटा महत्त्वपर्ूण्ा इ“टको काम गरेको मान्न सकिन्छ ।

गजल गेय विधा भएका कारण यो लयबद्ध हुनर्ैपर्छ, चाहे छन्द -बहर) या सममात्रा जेसुकै लयविधानलाई अ“गाले पनि । लयको प्रसङ्गमा यहा“ उल्लेख गर्नै पर्ने कुरा केही छन् । माथिका पङ्क्तिहरूमा छन्द या बहरका बारेमा उल्लेख गरिसकिएको छ । छन्द या बहरमा लेख्नु आफै“मा सिर्जना लयबद्ध हुनु हो । तर सबै गजल छन्द या बहरमा नै लेखिनर्ुपर्छ भन्ने आग्रह भ्रामक र अतिसयोक्तिपर्ूण्ा हो । यसको मतलब जे पायो त्यही ढङ्गमा, केवल भावपर्ूण्ा र प्रभावकारी बनाउने नाउ“मा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्ने चाहि“ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लय चाहि“ अवलम्बन गर्नैपर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहा“ पनि के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्या -वर्ण्र्ाालाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्ण्र्ााे उच्चारण या उच्चार्य वर्ण्र्ााग सम्बन्धित हुन्छ । जस्तो,

क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय-
थुन्न त्रि्रा पहिचान पि“जडा हुन्छन् सहरमा । -प्रभाती किरण, विचारका भग्नावशेष, शोधग्रन्थ)
ख) मनहरूमा र्सर्ूय-किरण र्छर्नुपर्ने थियो,
अँध्याराका उचाइहरू होच्याएर आएँ । -जीत कार्की, आस्थाका हिउँचुलीहरू)
उल्लिखित प्रथम शेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् । अक्षर सङ्ख्यालाई हर्ेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ,

कू प मण् डुक् ज मा त मा के खोज् छौ भाइ् प रि च य -
थुन् न ति म्रा प हि चान् पि“ ज डा हुन् छन् स ह र मा ।

यस्तै दोस्रो शेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ,
मन् ह रू मा सूर् य-कि रण् छर् नु पर् ने थि यो
अँ ध्या रा का उ चाइ् ह रू हो च्या ए र आ एँ ।

सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छूट के छ भने स्वर वर्ण्र्ााइर्,र् इ, उ, ऊ, ए र ऐ) को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम शेरको पहिलो पङ्क्तिमा रहेको भाइ शब्दलाई दर्ुइ मात्रा अथवा एक मात्रा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत शेरमा एक मात्राका रूपमा भाइ शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो शेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरूमा पा“च अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्ण्र्ााास“ग जोडेर उच्चारण गरिन्छ । यसकारण उचाइहरूलाई चार मात्रा मात्र मान्न सकिन्छ । यर्सथ प्रस्तुत दोस्रो शेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ ।

समग्रमा, गजलमा गेय पक्ष वा छन्दोबद्धता या लयात्मकता ज्यादै महत्त्वपर्ूण्ा मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर -सममात्रामा) भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।

सुझाव र प्रतिक्रियाको लागि
Email:-ghanuojha@yahoo.com

Dear all, this article from googles discussion about nepali gazals page. if you want to go to this page http://groups.google.com/group/nepalighazal?hl=en