गजलमा बहरको ज्ञान आवश्यक छ, अभ्यास आवश्यक छैन
-दीपक खडका
*”बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर सममात्रामा भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।”* घनेन्द्र जी को यस verdict संग पूर्ण सहमत छु म । र बहरको विकल्पको रुपमा लय वा सममात्राको सुझाव अनि सममात्राको गणना सम्बन्धी उपयोगी दिग्दर्शनको लागि साधुवाद ।
जहाँसम्म बहरको कुरा छ, त्यो, खास गरेर अनुप्रास र पर्यायवाची शब्द न्यून भएका भाषाहरु (नेपाली र हिन्दी समेत) को हकमा, गजलको *साहित्यिक गुणस्तर* जस्तो एकदमै महत्वपूर्ण गुणको मुल्य (cost) मा *अतिलयात्मकता* जस्तो कम महत्वपूर्ण गुण अभिवृद्धि गर्ने उपकरण मात्र हुन पुग्ने (र पुगेको पनि, अनगिन्ती दृष्टान्त छन्) हुनाले म बहरको *विकल्पवादी* हुन पुगेको हुँ ।
वर्तमान गजलहरु गैर-शास्त्रिय भएकै कारणले समिक्षकहरुको हिचकिचाहटमा परेका छन् भन्ने सबालमा चाही म पनि त्यस्तै लख काट्छु । त्यही भएर र अन्य व्यावहारिक कारणहरुले समेत नेपाली गजलबारे एउटा सर्वमान्य वा कमसेकम बहुमान्य मानक (standard) भईदिए हुन्थ्यो भन्ने ईच्छा राख्दछु म ।
स्मरणिय छ, हिन्दी गजलको पनि हालत यही छ । र भारतका अन्य क्षेत्रिय भाषामा पनि गजलको हालत (अनिर्णित मानक) यस्तै होला भनेर अनुमान गर्न गाह्रो छैन ।
लयात्मकता गजलको अनिवार्य पनि र कृत्य (doable) पनि गुण हो भन्ने निजी विश्वास छ मेरो ।
गएका दुई अढाई दशकमा लयविहिन, लयविपन्न र अगेय गजल भरमार लेखिएका छन् । र यसो हुनुको [एउटा] कारण लय र बहरको अज्ञानता हो भन्ने घनेन्द्रजीको ठम्याईमा सहमत छु म । बहरको बहस छेडिएपछि गजललाई कम्तीमा लयात्मक, गेयात्मक बनाउनै पर्छ भन्ने चेत र सजगता नेपाली गजकारहरुमा आएको लख पनि काट्छु म । त्यसोहुँदा त्यसलाई यसरी राखौं – ‘बहर’ को सिस्नुपानी लगाए पछि गजलमा अनुशासन आउँदो रहेछ ।
त्यसैले ‘बहर’ को प्रयोजन सिस्नुपानी वा लय अनुशासनलाई अंगिकार गर्न बाध्य बनाउने ओखतीको रुपमा सम्म चाही म स्वीकार गर्छु । त्यसको लागि बहरको ज्ञानको अनिवार्यता भए पुग्छ, अभ्यासकै अनिवार्यता चाहिदैन भन्न खोजेको हुँ ।
बहरको विपक्षमा र बहरको विकल्पको पक्षमा मैले बहस गरिसकेको छु । र यहाँ यति थप्न चाहन्छु, यदि बहर अनिवार्य छ भन्ने मान्यता स्थापित हुन पुग्यो (कसै गरी) भने त्यो नेपाली गजलको लागि आत्महत्या बराबर हुनेछ किनभने त्यस्तो अवस्थामा गजल केही मुठ्ठीभर क्रसवर्ड पज्जल खेलाडीहरुको हातमा सिमित हुन पुग्नेछ र गजलको साहित्यिक गुणस्तर पनि कुंठीत भएर रहनेछ ।
नेपाली साहित्यमा गजलको शास्त्रियकाल (मोतीराम युग) मै गजलको विरलता (विरलता त हो नि, मोतीरामले कति नै गजल लेखेका छन् र ?) अनि त्यसपछिको लामो मौन युग (भिमनिधी तिवारीले पनि बहर भंग भएका गजल लेखेको अनुमान छ मेरो) को कारण मलाई ” बहर” नै हो भन्ने लाग्छ । “बहर” बाट मुक्त (ज्ञान वा अज्ञानतावस जेसुकै होस्)
भए पछि मात्र नेपाली गजल प्रस्फुटित भएको हो । बहरमा बाँधियो भने यो फेरि संकुचित हुनेछ, जुन अब संभव भने छैन है ।
त्यसैले मेरो निष्कर्षमा:
-*बहरको ज्ञान*: आवश्यक छ, लाभदायक छ |
-*बहरको अभ्यास*: आवश्यक छैन, विकल्प छ |
Dear All, this document is collected from google discussion about nepali gazal page. if you want to visit http://groups.google.com/group/nepalighazal?hl=en
January 1, 2009 at 4:06 pm
Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR