मेरो मन
-अर्पण तामाङ
एकिकृत मेरा मन हरु लाई
खै कुन्नि केभाछ आजकल
आफै भित्र उथल पुथल
आन्दोलित हुदै
म आफै बाट छरपस्टिन खोज्छ मेरो मन
लाठी र गोली गठामा
जँगल छिर्न खोज्छ मेरो मन
तै पनि असफल मेरो बार्तामा
निमन्त्रणा गर्छु
फेरी पनि मनको गल्लिमा बार भत्काउँदै
टायर बाल्न छो ड्दैन मेरो मन
खै कुन्नि के भाछरु आजकल मेरो मन
नख्खु र हनुमान ढोकाको
मनको जेलमा थुन्ने धम्कि दिन्छु म
तै पनि टेर-पुछर लाउदैन मेरो मन
अश्रु ग्याँशको शेल संगै
कर्फ्यु घोषणा गर्छु
तै पनि टेर्दैन मलाईनै मेरो मन
खै केभाछ कुन्नि रुआजकल
आफू भित्रै आन्दोलित भैरहन्छ मेर ो मन
शिँह दरबार र संम्सद भबन छिर्न नपाउँदै
दश बर्षे जनयुद्धले छाडेका
नारा उराल्छ मेरो मन
रुकुम रोल्पा र गोर्खा बाट होईन
मेची काली र बिहार बाट
आन्दोलन चर्काउँछु भन्छ मेरो मन
दार्जेलिङ को त के कुरा
टिष्टा र काँगडा हाम्रै हो भन्छ मेरो मन१
त्यसैलेत उ सिमा पारि पुगेर- द्यच्श्रगोर्खाल्यान्डको माग गर्छ मेरो मन१
शंघियता र स्वत्रन्तताको
कुरा गर्दा गर्दै
मेरो राष्ट्र र राष्ट्रियता
कतै लेन्डुपको सिक्िम जस्जै
बन्धकमा पो पर्ने होकी मेरो मन
त्यसैलेत हदै सम्मको लचक्ता अपनाएर
बार्तामा बोलाउछु मेरो मन
तै पनि आउँदैन आन्दोलित मेरो मन
आजकल त माग का बुदा हरु थपेर
क्युबा र पेरुमा मात्र होईन
म्यानमार मा
आन्दोलन छेड्छु भन्छ मेरो मन
साम्यबादी समाजबादको पोको बोकेर
मार्कस,लेलिन,स्टालिन र माओको
तस्बिर बोकेर पुरानो रुस हुँदै
अमेरिका पुग्छु भन्छ मेरो मन
त्यसैलेत आजकल डर लाग्न थाल्याछ
मलाई मेरै मन
ईराक र अफगानिस्तान७ल दकउसभुटिए जस्तै
कतै बारुदमा भुटिनेपो होकी मेरो मन
त्यसैले बार बार डाकी रहन्छु
तै पनि बार्तामा आउँदैन मेरो मन
भन्छ वानकि मुन र पुराना संयोजक
हटाउ भन्छ मेरो मन
माग माथी मागका बुँदा थोपार्दै
पन्छिन खोज्छ मेरो मन
खै केभाछ कुन्नि आजकल
आफै भित्रको एकिकृत आन्दोलित मेरो म न
हाँसपोसा-२ तरहरा-सुनसरी
हाल-दोहा कतार