गजल
आफनै मुटु भत्काइ पराइ मनका धून छान्नेलाई
आफ्नो मान्छे भनु कसरी बिरानो हुन जान्नेलाई
सम्झिदा पोल्छ ,मनै घोच्छ,बिर्सनु नि कसरी
हासी हासी आँफै रचेको मायाको खून तान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
अभिमानको भर्र्याङ् चढि कहिले सगर भेटीदैन
के भनु मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरेर नि सखिली भयौ आखिर
दोसी आँफै भईयो कस्ले छुन्छ रुन जान्नेलाई
भुपेन्द्र महत
कोलोरडो ,बोल्डर