कविता
![]()
“इक्षा”
-हस्त गौतम “मृदुल”
लेकका ती काफल, पोल्टभरी टिपेर,
सुकोमल हातबाट, खानपाए हुन्थ्यो।
र्स्वर्ग नै बिर्साउने, आफनो प्यारो गाउमा,
दुलही झै अन्माएर, लान पाए हुन्थ्यो।।
गुलावी त्यो बैशमा, चुलबुले आनीबानी,
संगै बसी संधैभरी, देख्न पाए हुन्थ्यो।
आपसमा रमाउदै, घरबार नै जमाउदै,
गाजलू आँखाको भाव लेख्नपाए हुन्थ्यो।।
खर्कका ती ऐशेलु, पोल्टभरी टिपेर,
सुकोमल हातबाट, खानपाए हुन्थ्यो।
र्स्वर्ग नै बिर्साउने, आफनो प्यारो गाउमा,
दुलही झै अन्माएर, लान पाए हुन्थ्यो।।
अग्नीलाइ साँक्षी राखी, ह्रदयको चोखो माँया,
यो जुनीलाइ पुग्ने गरी, साँच्न पाए पुग्थ्यो।
यौवनको आँचलमा, अनगिन्ती सपना बुन्दै,
चखेवाको जोली बनि, बाँच्न पाए हुन्थ्यो।।
तराइका ती बयर, पोल्टभरी टिपेर,
सुकोमल हातबाट खानपाए हुन्थ्यो।
र्स्वर्ग नै बिर्साउने, आफना प्यारो गाउमा,
दुलही झै अन्माएर, लान पाए हुन्थ्यो।।
gautamhasta@gmail.com