शान्ति दिदी कली

    dsc00199.jpg

-बसन्त मोहन अधिकारी, युएइ

आँगनको डिल भरी रोपी तिमी फुल
सयपत्री मखमली झै सधै यहि झुल ।
आउँ दिदी बैनीहरु हातेमालो गर
चण्डी,काली,दर्ुगा बनी शत्रुहरु फोर ।


भाईपुजा गरी तिमीले कालहरु टारी
जोतौ अब यो धर्तिको बाँझो खेतबारी ।
सिंचाईको अभावमा बर्षो रगतहरु
दिदीबैनी हामी मिली फालौ जज्जीरहरु ।
कति भए हात खाली, कति निधार खाली
खराब भो फुलबारीको हामीलाई गोड्ने माली ।
धेरै बर्षपछि आज फुल हाँसीराछ
देउसी भैलो भट्याइ भट्याइ हेर डाँकी राछ ।
दया,माया,विश्वास छ पंरम्परा संग
हराएकी शान्ति खोज्दा दाजुभाई भो भड.ग ।
अजम्बरी सम्बन्ध हाम्रो रगत संग
आउँ शान्ति विश्वास गाँस दाजुभाई संग ।
फुल रोपी आँगनको डील भरी भरी
बाँचौ हामी सयपत्री मखमली झै झुली ।
त्रि्रो हातको टिका लगाइदेउ शान्ति दिदी कली ।
शान्ति दिदी कली शान्ति दिदी कली ।