जहाँ गयो ठेस लाग्छ (गीत)
                                    -बिमल गिरी

जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।

जिन्दगीको गोरेटोमा गर्नुपर्ने कति कति
समयले कोल्टे फेर्यो नपुग्नेभो सोचेजति,
मन् भुझौउँदै आफैंलाई हेर्छु पारी पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।

भनेजस्तो हुन्नरैछ सोचे जस्तो हुन्न जीवन्
कस्तो भाग्य रैछ भन्दै एकान्तमा रुन्छ यो मन्,
खुशीहरु भागे सबै निरासालाई एक्लै पारी
ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी।

                                    चारपाने,झापा
                                    हाल बेल्जियम,ब्रुस्सेल्स