नयन तिम्रो(गीत)                                                    

                                   -बिमल गिरी 
कति राम्रो रुप तिम्रो कोइली झै बोली
अनार झै दाँत तिम्रो बोल घुम्टो खोली

नयन् तिम्रो मृगका झै पिपल् पाते ओठ
बिहानी झै मुस्कान् तिम्रो केहि छैन खोट
लज्जावती फूल झै लजाउने स्वभाब
वर्णन गरौ कति तिम्रो केहि छैन अभाब्

झरना झै के तिम्रो उचाइ हिमाल् जस्तो
लाग्छ मनमा कताकता आफ्नै बनाउ जस्तो
पूर्ण चन्द्र जस्तो मुहार सुर्य जस्तो ज्योति
ईश्वर तिमीले के बनायौ वर्णन गरौ कति।   

              झापा,चारपाने
              हाल बेल्जियम्,ब्रुसेल्स्
              १६ अगस्ट् २००७