गणतन्त्र [4th july,2007]

                            -रुसाहाङ चेम्जोङ
गणतन्त्र दिवसमा
पालम गाउन पाईयोस
हाक्पारे गाउन पाईयोस
मुन्धुम फलाक्न पाईयोस
ढोल पिट्न पाईयोस
पर्ूव तिरको हुल पश्चिम तिरको संग
हातेमालो गर्न पाईयोस
पश्चिम तिरकोले पर्ूव तिरको संग
गुम्बामा ग्यालाङ बजोस
मन्दिरमा पठ पढोस्र्
चर्चमा भजन गाओस् अनि
मस्जिदमा अल्ला अकबर गुञ्जीओस्
तब गणतन्त्र नेपालीको मनमा लेखिनेछ
सबै माहापुरुषहरुको गाथाले एउटै मात्र माहापुरुष भेट्नेछ -बुद्ध)
चाहे त्यो मुन्धुम, दोमाङ, रामायण, बाइबल, अलकोरानमा किन नहोस्
तर सबैले ओकल्नेछन् शान्ति, स्वतन्त्र, हक, अधिकार
त्यस बेला बुद्ध हाँस्दै गणतन्त्रको शिरमा हात राख्ने छन्
गणतन्त्र तिमीले हत्या, हिंसा, आतंक, गरे पनि
आज प्रयाश्चित गर्यौ तिमी मेरो शरणमा छौ
यदि गाणतन्त्रले नारा मात्र बोकेर दरबार छिरयो भने
नारायणहीटि बचाउन खोज्यो भने
शुद्ध गाणतन्त्र मुन्धुमबाट शुरु हुनेछ
बाइबल बाट शुरु हुनेछ
दोमाङबाट शुरु हुनेछ
अलकोरानबाट शुरु हुनेछ
त्यस बेला बुद्ध पनि छक्क पर्नेछन्
पद्यमाशानमा बसेर ध्यान मग्न हुनेछन्
चारै तिरबाट हिटलरहरु भित्रनेछन्
बुद्धलाई टिपेर मिल्काउनेछन्
तब
नेपालबाट अन्तिम युद्ध शुरु हुनेछ
गणतन्त्रको निम्ती गणतन्त्र प्रप्तीको निम्ती