गजल

                          -भुवन त्रिपाठी ‘निश्छल प्रत्यासी’

आयौ तिमी कस्तो ठाउमा फूलै फूल फूल्ने गाउमा ।
सारा दुख कष्ट छाडी झन्जट सवै भुल्ने गाउमा ।

जिन्दगीको लामो यात्रा सगै सगै हिडदै गर्दा
वल्ल आज भेट भयो हृदयनै खुल्ने गाउमा ।

कयौ प्रयास गरी हिडे त्यो मनलाई भेटन भनि
दैवले नै जुराइ दियो त्यो साथमा झुल्ने गाउमा ।

लेनदेनको लामो हिसाव दिनै पिच्छे गन्दा गन्दै
धेरै पछि पुग्यौ हामी माया प्रीति सुल्ने गाउमा ।

मन्दिरमा भेटि चढाई जुगौ जुगको कसम खादा
प्रकृतिले स्वागत गर्यो वेहुली वनाई हुल्ने गाउमा ।

कास्की,पोखरा pratyasi.ss@gmail.com