दोबाटोको वेभ दुनियामा दोस्रो बर्ष प्रबेश [5th Mar,2007]

     वेभ दुनियामा दोबाटोले आजको ठिक एक बर्ष पहिले मार्च५ तारिख का दिन देखि आफ्नो यात्रा शुरु गरेको थियो जुन दिन म परदेश डट् कम् हेरीरहेको थिएँ साईडमा creat your own freewebsite  भन्ने एडभटाईज् देखें र साहित्य प्रतिको मेरो मायाको भाव अरुसामु दोबाटो लाई ईन्टरनेटमा उतारेर शुरु गरेको थिएँ । भन्नै पर्दा दोबाटो साहित्यिक ईन्टरनेट पत्रिका वेभ साईट नै चािहं भन्न लाज लाग्छ । जब कि त्यहाँ कतिपय कुराहरु गर्न चाहेर पनि गर्न सकेको छुईन मैले । समयअभावले सम्पादन पक्ष कमजोर छ हुन त म अति सम्पादनको बिरोधी पनि हुँ ।मलाई लग्छ अति सम्पादनले लेखकको अस्तित्व मारी दिन्छ । सर्बप्रथम त समय अभाब र अदक्षताको कारणले सोचेको जस्तो गर्न सकिरहेको छैन ।  कम्प्युटर संगको आफ्रनो चिनाजानीको कथा खोतल्ने हो भने आजको चार बर्ष अघि २०५९ साल फाल्गुन २५ गते हातले पहिलो पटक छोएको थिएँ अक्षरहरुमा पढेको बोलीहरुमा सुनेको कम्प्युटर लाई । त्यो भन्दा केहि समय अघि ११ कक्षाको परिक्षा दिन गाउँ देखि सदरमुकाम सम्म जानु पर्दा कम्प्युटरको अनुहार सम्म देखेको थिएँ र अहिले सम्म कम्प्युटर सम्बन्धी न कुनै तालिम नै लिने अबसर पाएको छु न कुनै कक्षा नै । दोबाटोमा जे जति गरिएका छन ती कुनै जानेर गरिएका छैनन्  न त कसैलाई सोधेर नै । 
    एक ससक्त एबं स्थापित दाईले युनिक कोड फन्ट सम्बन्धी सुझाब दिए; पछि रुपान्तर बक्स भीत्र राईट क्लिक गर्दा कुनै अप्सन नै नदिए पछि वहाँलाई भन्नु परेको थियो copy/paste  नै हुँदैन भनेर , सर्टकट कि को बारेमा के थाहा ?। अरु कसैलाई सोधेको यति नै हो ।भन्नुको मतलब म संग कम्प्युटर सम्बन्धी सानो भन्दा सानो कुराको सम्म ज्ञान छैन । अहिले सम्म जे जति गरिएका छन जस्ट कमन् सेन्स ले गरेको छु ड्युटी आवस्र बाहेकको केहि समयलाई युज गरेर । जे होस् दुई चार जना पाठक भने कमाएको छु जस्तो लाग्छ । केहि साहित्य पे्रमीहरुलाई टाईम् पास्ट गराएको छु अलमलाएको छु र दोबाटोलाई आफ्नै ठाउँमा उभ्याएको छु जहाँसम्म मलाई लाग्छ । 
    केहि समय अगाडी मात्रै यहाँ ईन्टरनेट मार्फत बिश्वको जुनसकै ठाउँ बाट गजल प्रेमीहरु सहभागी बन्न सक्ने सहज ढंगमा बिलयन गजल लेखन को शुरुवात गरिएको छ । सहभागी सम्पुर्णलाई धन्यबाद साथै तपाँईहरु सबै लाई सहभगीताको लागी हार्दिक आग्रह पनि गर्दछु । र चाँढै नै केहि समय देखि नेपालमा चलेको रंगबाद साहित्य को बारेमा यहाँहरुलाई चिनाउने छु  दोबाटो हेर्दै गर्नु होला । भनिन्छ नेपाली साहित्य अहिले उत्तर आधुनिक मोडमा दगुरीरहेको छ । र युवाहरु नयाँ नयाँ कुराहरु साहित्यमा प्रयोग गरीरहेका छन खोजीरहेका छन । हो साहित्य भनेको नयाँ सिर्जना मात्र होईन नयाँ कुराको खोज पनि हो । आउँदा दिनहरुमा पनि तपाँईहरुको साथ दोबाटो ले पाई नै राख्ने छ भन्ने आशा लिएको छु ।

वेभ सन्चालक