-बिमर्श-[24 feb,2007]
मेरो घर मेरो गाउ बिरानो भयो अब ।
तेसैले त यो मरभुमी प्यारो भयो अब ।
छाडी आउनु पर्?#2351;ो सारा साथिभाइ अनि आफ्न्तलाई,
साहु को रीन ले घर खेत बेच्नु पर्?#2351;ो जब ।पोल्छ छाती अनि रुन्छ मेरो मन ,
बल्दछ मनमा जब माया ममताको अनि रीन को चिराग ।
मानब ता मरिगएछ यो प्रदेशमा,
भुली गए मेरो धर्म जात अनि रितिरिवाज ।
पिडा ले जती रोए कराए पनि यो प्रदेशमा,
कसैले सुनिदिएन मेरो पिडाको आवाज ।
ढिडो आटो अनि झुपडी खोसिदियो साहुले,
प्रदेशिनुपर्?#2351;ो एक बारको जुनिमा बचाउन बाकी भएको लाज ।
दाउमा परेको छ जिन्दगी मेरो,
मात्रै बिदेशी डलरै डलरको माझ ।
साथी भएकाछन यि एन्त्रहरु यि ढुङा माटो,
अनी जुनकिरी कराउने तेही ताराहरु चम्किने जुनली रात ।
कहिले डुब्ने हो थाहा छैन,
भएको छ जिन्दगी त्यो समुन्द्र माथिको जहाँज ।
कहिले तिर्ने हो साहुको रीन अनि,
फिर्ता पाउने हो त्यो सन्धी गरेको पहाडी कागज ।
कुरी बसेको छु त्यो दिन खातिदै यो प्रदेशमा,
लगाइ आफ्नो सारा बर्गत अनि ताकत ।
Singapor