अज्ञातको अराजकता

नेपाली डायोस्पोराको सन्दर्भमा – हाङयुग अज्ञात
————————————————————————————

नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ । नेपालका विद्वानहरू मुलुकबाहिर रोजगारीका निम्ति गएका नेपालीहरूलाई डायोस्पोराको कन्धनी बाँध्नमा व्यस्त छन् भने रोजगारीका निम्ति प्रवासमा हाम्फाल्ने केही विद्वानहरू समेत आफूलाई आप्रवासीका रूपमा चिनाउन मरिहत्ते गरिरहेका छन् । अझ साहित्यमा यो डायोस्पोरा या आप्रवासी शब्दले बढी आतङ्क मच्चाइरहेको छ । (more…)

गजलमा बहरको ज्ञान आवश्यक छ, अभ्यास आवश्यक छैन
  -दीपक खडका

         *”बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर सममात्रामा भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।”* घनेन्द्र जी को यस verdict संग पूर्ण सहमत छु म । र बहरको विकल्पको रुपमा लय वा सममात्राको सुझाव अनि सममात्राको गणना सम्बन्धी उपयोगी दिग्दर्शनको लागि साधुवाद । (more…)

बहर तथा लयमा गजललेखन
- घनेन्द्र ओझा
ghanuojha@yahoo.com

(साथीहरू सबैलाई नमस्कार ! साथीहरूले गजलको विषयमा अस्पस्ट भएका केही कुराहरू प्रस्ट पार्न र विभिन्न ठाउँमा छरिएर रहेका गजलस्रष्टाहरूसँग साहित्यिक सम्बन्ध स्थापित गर्न सजिलो माध्यमको रूपमार् इमेलमार्फ् रचना र भावना आदान-प्रदान गर्ने काम जुन गरिरहनुभएको छ, यो ज्यादै प्रशंसनीय छ । म यसको लागि सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।

हरेक मानिसको बुझाइ र भोगाइ फरकफरक हुनु अनौठो होइन । तर कालो चीज देख्दा कालो र सेतो देख्दा सेतो भन्न चाहिँ सबैले पर्छ होला । साश्वत कुराहरूलाई तर्कले जित्न खोज्नु उचित हुँदैन । केही साथीहरूको गजलमा लय वा बहरमा गजललेखनसम्बन्धी धारणा पढ्दा म चकित भएँ । यसकारण यो सानो लेखमा गजलमा लय र बहरसम्बन्धी मैले बुझेका कुराहरू तपाईँहरूसमक्ष प्रस्तुत गरेको छु ।)

नेपाली गजल परम्पराको इतिहासले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरू, त्यसपछिका भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा रहृयो । बिक्रमाब्दको २०३० को दशकको अन्त्यतिरदेखि हालसम्मको इतिहास अनुसार ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुनर्जागृत हुने अवसर प्राप्त गर्यो । (more…)


लेन्डुपहरु
        – कृष्ण प्रर्साई

देशमा विभिषणहरु ज्यूदैं छन् ।
देशमा जालन्धरहरु पनि छन् ।
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन् । (more…)

राजनितीमा लाग्ने भएम पनि
-बिनोद खड्का
(हाल – दोहा, कतार
)

तल्ला गाँउको दानविर मात्र होइन
माथ्ला गाँउको गोरुचोर पनि राजनितीमा लाग्यो
पल्ला गाँउको मुखिया मात्र होईन
जमिन्दारको कान्छो छोरो पनि राजनितीमा आयो (more…)

Next Page »